कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा जारी गरिएको अवस्थामा काठमाडौंमा जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाबट खटिएको टोलीले काठमाडौंको बल्खुस्थित एक टहरोमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-११ घर बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जना छन् ।
काठमाडौं महानगरपालिका-१४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा जुवा खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो
प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ९४ हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ ।