logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पनि कोरोना भारइसविरुद्धका खोपको परीक्षण गरिने


अंकुरण खबर
1.235K
Shares

कोरोना भारइसविरुद्धका खोपको नेपालमा पनि अध्ययन अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रक्रिया अघि बढाएको जनाएको छ ।

परिषद्‍का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित पत्रअनुसार कोरोना भाइरसविरुद्ध विश्वमा तेस्रो चरणको क्लिनिकल ट्रायलमा रहेका विभिन्‍न खोपहरुको अध्ययन अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा स्वास्थ्य अनुसन्धान परिषदले नेतृत्व लिएको उल्लेख छ ।

चीन, रसिया र यूके अक्सफोर्डको खोप ग्रुपले उत्पादन गरेको खोप नेपालमा तेस्रो  क्लिनिकल ट्रायल गर्न उक्त कम्पनीहरु इच्छुक भएको हुँदा प्रक्रिया अगाडि बढाइएको पत्रमा उल्लेख छ ।