logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना डिस्चार्ज


अंकुरण खबर
1.443K
Shares

नेपालमा थप  ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । संक्रमितमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ ।

आज मात्रै १७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।