काठमाडौं उपत्यकामा आज सोमबार २२४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा संक्रमण पुष्टि भएको हो ।
केही दिनयता काठमाडौं उपत्यकामा दैनिक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।