नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या १५७ पुगेको छ ।