logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न मानव अधिकार आयोगको आग्रह


अंकुरण खबर
3.094K
Shares

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितका उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ ।

काठमाडौं, चितवनलगायत ठाउँमा कोरोना संक्रमितका उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि छिमेकी तथा टोलवासीहरूबाट भएको धम्की र अमानवीय व्यवहारका घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोजका प्रवक्ता सहसचिव बेद भट्टराईले आज प्रेस विज्ञप्ति निकालेर निषेधाज्ञाको आयोगले अनुगमन गरिरहेको उल्लेख गरेका छन् ।

जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरूमाथि नै अभद्र तथा अमानवीय व्यवहार प्रदर्शन हुनु दुस्खद रहेको आयोगको भनाइ छ ।

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्न सम्लग्नहरूलाई कारवाही गर्न आयोगले स्थानीय प्रशासनलाई आग्रह पनि गरेको छ । यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि आयोगले सरकारलाई पनि आग्रह गरेको छ ।