logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लक्षण भएका कोरोना संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गरिने


अंकुरण खबर
754
Shares

सरकारले कोरोना भाइरसका लक्षण भएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले बेड नपाउने र लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका छन् ।