logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिसिएमसीले साताअघि बन्द गराएको उद्धार उडान मंगलबारबाट सुरु हुँदै


अंकुरण खबर
845
Shares

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सिसिएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको छ ।

गत सोमबार सिसिएमसीले काठमाडौंमा क्वारेन्टाइन अभाव भएको भन्दै पाचौं चरणको उद्धार उडान बन्द गर्न परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाई रद्द गराएको उद्धार उडान मंगलबारबाट सुरु हुने भएको हो।

तर यसरी उद्धार उडान सुरु भएपनि कतार एयर लाइन्स र टर्किस एयरलाइन्सले भने १ सय जना भन्दा बढी यात्रुलाई नेपाल ल्याउन नपाउने भएका छन् । यसका साथै नेपाल आउने यात्रुले अनिवार्य रूपमा पिसिआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ। उडान हुने समय भन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ ।

नयाँ कार्यतालिका अनुसार मंगलबार एयर अरेबियाले सारजाँबाट काठमाडौंका लागि उडान गर्ने भएको छ। यस्तै दुबईबाट फ्लाई दुबईले बुधबार काठमाडौंका लागि उडान भर्ने भएको छ।

अगस्ट २७ मा रियाद गएर नेपाल एयरलाइन्स आउने छ। यस्तै सोही दिन हिमालयन एयरलाइन्सले पनि दमामबाट नेपालीहरुको उद्धार गर्ने छ। सोही दिन टर्किस एयरलाइन्सले इस्तानबुलबाट बढीमा एक सय जना मात्र यात्रु लिएर नेपाल आउने छ।

अगस्ट २८ मा नेपाल एयरलाइनन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्वालालम्पुरबाटै र कतार एयरलाइन्सले दोहाबाट उद्धार उडान भर्ने छ।