गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्की र तनहुँका आठ जना महिला र पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको हो । पोखरा चारका दुई जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।
दुबईबाट फर्केका पोखरा दशका एक पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको छ । बाँकी संक्रमितहरूको कन्याक्ट ट्रेसिङको आधारमा पहिचान भएका हुन् ।
तनहुँको भानु नगरपालिकाका छ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये चार महिला र दुई पुरुष छन् ।
योसँगै गण्डकीमा संक्रमितका संख्या एक हजार नौ सय आठ पुगेको छ । तिमध्ये एक हजार ६ सय ३९ जना संक्रमणमुक्त भैसकेका छन् ।