काठमाडौं उपत्यकामा भोलि बुधबार मध्यरातिबाट निषेधाज्ञा सकिँदैछ ।
कोरोना संक्रमित निरन्तर बढेसँगै गत बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) निषेधाज्ञा लागू गरिएको थियो ।
जनघनत्व बढी भएको उपत्यकामा संक्रमित थपिँदै जाँदा जोखिम बढेको र मानिसको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने चिकित्सक र विज्ञहरुले सुझाव दिइरहँदा यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा आज निर्णय हुँदैछ ।
आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बसेर यस बारेमा निर्णय गर्ने तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
त्यसअघि सीडीओ र उपत्यकाका मेयरहरुबीच छलफल हुने बताइएको छ ।