logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा अध्यक्षद्वयको छलफल सकियो : भदौ १३ गते सचिवालय बैठक बस्ने


अंकुरण खबर
819
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ ।

आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा भएको छलफलपछि भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको साउन ३० गते कार्यदल बनाएको र कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी रहेको छ ।