भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका संक्रमित पुरुषलाई सोमबार मात्रै भीम अस्पतालमा भर्ना गरिएको थियो । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।