logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट भेन्टिलेटरमा उपचाररत काठमाडौंका कांग्रेस नेताको मृत्यु


अंकुरण खबर
1.04K
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको सोमबार राति मृत्यु भएको हो ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । १३ दिन अघिदेखि ज्वरो खोकी लागेका रञ्जित आइतबार मात्र अस्पताल भर्ना भएका थिए ।

निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगाइएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमै सोमबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको मृत्युको काँग्रेस काठमाडौं–२ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले पुष्टि गरेका छन्।