Breaking Newsस्वास्थ्य

भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्यकर्मीमा गरिएको परीक्षणका क्रममा भेरी अस्पतालको प्रयोगशालाले उनीहरुको कोरोना पुष्टि गरेको हो । भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र अर्का एक जना चिकित्सकमा कोरोना पुष्टि भएको हो ।

डाक्टर पाण्डेले फेसबुकमार्फत आफूहरुमा कोरोना पुष्टि भएको जानकारी दिँदै एक हप्ताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालका अरु स्वास्थ्यकर्मीको पनि जाँच गरिएको र उनीहरुको नतिजा मंगलबार बेलुकासम्म आउने जानकारी दिए ।

Comment here