बाग्लुङमा पहिरोले पुरिएर एक किशोरीको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका–२ अर्नाककी १९ वर्षीय पूजा परियारको मृत्यु भएको हो । पहिरोले पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उद्धारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा पूजाको शव फेला परेको हो । अविरल वर्षापछि आएको पहिरोमा घर पुरिएको थियो ।