logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु


अंकुरण खबर
728
Shares

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका–१ बैशाखीस्थित बिजुलीको मिटर बक्समा चट्याङ पर्दा स्थानीय २० वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।