सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५० जनाको नतिजा पोजेटिभ आएको हो । गत २४ घण्टामा डडेल्धुरा अस्पतालमा ६ सय ५५ जनाको आरडिटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना छन् ।
यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरिया गाउँपालिकाका ४, जानकी गाउँपालिकाका ४, बझाङको छब्बिस पाथिभाराका ६, दूर्गाथलीका २ र डडेल्धुराको अमगरगढी नगरपालिकाका २ जना छन् ।
