logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा प्रजिअको बैठक बस्दै, निषेधाज्ञाको अवधि १ हप्ता थप्ने तयारी


अंकुरण खबर
676
Shares

काठमाडौं उपत्यकामा भोलि बुधबार मध्यरातिबाट निषेधाज्ञा सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय अझै १ हप्ता थप्ने तयारी भइरहेको छ ।

यसबारे निर्णय गर्न उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठक बस्ने भएको छ ।

उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जारी निषेधाज्ञाको अवधि १ हप्ता बढाइने स्रोतले जनाएको छ ।

हालसम्म फेला परेका संक्रमितहरुलाई आइसोलेसमा लगिएको र अर्को एक हप्ताको निषेधाज्ञामा सबैको कन्ट्रयाक्ट टे«सिङ गरेर सक्ने गरी तयारी भइरहेको स्रोतको दाबी छ । जसका लागि १ हप्ता निषेधाज्ञाको अवधि गर्ने तयारी गरिएको स्रोतले जानकारी दियो।

दिन प्रतिदिन कोरोनाको संक्रमण बढ्न थालेपछि ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञाको समयावधि भोली (बुधबार) राति १२ बजे सकिदैछ ।