logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसोलेसनमा महिलाको मृत्यु, श्रीमान र ५ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

कैलालीको घोडाघोडी नगरपालिका-११ को आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ ।

भारतबाट फर्किएर घोडाघोडी नगरपालिका-११ स्थित दशरथ बाल विकास केन्द्रमा व्यवस्थापन गरिएको आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

स्थायी घर बझाङ भएकी उनी भारतबाट आएपछि आइसोलेसनमा राखिएको थियो । तीन वर्षदेखि  बिरामीको दुवै मिर्गौलामा समस्या आएकाले नियमित डाइलासिस गर्दै आएका थिए ।

मृतकका श्रीमान् र ५ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भएको छ। भदौ २ गते श्रीमान् र छोरीको स्वाब संकलन गरिएको थियो, तर उनको भने स्वाब संकलन गर्न त्यो बेला छुटेको थियो।

मृतकको आज बिहान स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ । कोरोना आशंका रहेकाले मृतकको शव व्यवस्थापन गरिएको छैन। कोरोना परीक्षण रिपोर्ट आए पछि शव व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिएका छन् ।