logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनका २१ सहित थप ३१ जनामा कोरोना संक्रमण


अंकुरण खबर
923
Shares

चितवनका २१ सहित मंगलबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड प्रयोशालामा मंगलबार गरिएको स्वाब परीक्षणमा चितवनका २१ र अन्य जिल्लाका १० जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार चितवनका संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १७ जना रहेका छन् । रत्‍ननगर नगरपालिकाका दुईजना, राप्ती नगरपालिकाका एक जना  र खैरहनीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी संक्रमण पुष्टि हुनेमा मकवानपुर १ जना, पूर्वी नवलपरासी १ जना, १ जना र विजन त्रिवेणीका १ जना गरी तीन जना रहेका छन । रोल्पाका ३ जना, गोरखाका २ जना, पर्सा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार अस्पतालको ल्याबमा १२५ जनाको  नमुना परीक्षण गरिएको थियो । जसमा ३१ जनाको पोजेटिभ आएको छ भने अन्य ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ  ।

योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ ।