logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.365K
Shares

डोटीमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल डोटीले मंगलबार ५९ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । संक्रमित सबै डोटी जिल्लाका हुन् ।

अस्पतालका अनुसार जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दीपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म डोटीमा ९ सय बढी कोरोना संक्रमित रहेका छन् ।