logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै घरका चारसहित २३ जनामा संक्रमण


अंकुरण खबर
1.365K
Shares

रुपन्देहीको कञ्चन गाउँपालिका-१ मा एकै घरका चार सहित २३ जनामा कोरोना संक्रमण भएको छ ।

भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा मंगलबार कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए ।

भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको उनले बताए । सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टाइनमा बसेकामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित १८ देखि ४५ वर्षसम्मका छन । संक्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ ।