logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
3.419K
Shares

काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृतक गत साउन २३ गते अस्पतालमा भर्ना भएका थिए । उपचाररत पुरुषको मंगलबार राति साढे ९:३० बजे मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।