गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ३ जिल्लाका २२ पुरुष र १ महिलामा सक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका–११ स्थित साई अर्चना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी तथा मादी गाउँपालिकाका दुबईबाट आएका एक पुरुष, लमजुङका ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारी, १७ जना नेपाल आर्मीमा कार्यरत पुरुष तथा अन्य दुई पुरुष र नवलपुर गैडाकोट–१ की ४० वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९३६ पुगेको छ ।