नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ ।
बुधबार छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९७ लाख २०० रुपैयँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रति तोला १३१० रुपैयाँमा कारोबार भईरहेको छ ।