logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु


अंकुरण खबर
1.001K
Shares

कोरोना भाइरसको संक्रमणबाट भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

उपचारका लागि तीन दिनअघि धुलिखेल अस्पतालमा भर्ना भएका उनको मंगलबार राति मृत्यु भएको हो । उपचारकै क्रममा राति ११ः ५५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

अन्य समस्या लिएर स्वाथ्य जाँच गर्न गएका उनको कारोना परिक्षण गर्दा पोजेटिभ आएको थियो । उनी मुटु र थाइराइडको समस्याबाट पनि ग्रसित रहेको अस्पतालले जनाएको छ ।

यो सँगै कोरोनाबाट काभ्रेमा ४ जनाको मृत्यु भएको छ । जसमा काभ्रे बाहिरका २ जना छन् ।