चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका एक कोरोना संक्रमित पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आज बिहान कोल्फुटारबाट पक्राउ गरेको हो । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक हिजो बिहान ५ बजे अस्पतालबाट भागेका थिए ।
भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो ।
केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजिटिभ देखिएको थियो ।