रुपन्देहीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–३ सीता राइस मिलस्थित सडकमा लु २६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति चालक स्थानीय ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।