स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरु जहाँ छन्, त्यहीँबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै हाल समायोजन भई कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई जो जहाँ छ, त्यहीँबाट काम गर्न व्यवस्था मिलाउन आग्रह गरेको हो ।
मन्त्रालयले गत चैत १२ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार कात्तिक महिनासम्म स्वास्थ्यकर्मीलाई काम गरिरहेकै स्थानबाट काम गर्न व्यवस्था मिलाउन भनेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको समयमा समायोजन भएको स्थानमा जान रोकी अहिले काम गरिरहेको स्थान वा निकायबाटै तलब लिनेगरी स्वास्थ्यकर्मीलाई काम लगाउन संघीय मन्त्रालयलाई पत्राचार गरेको हो ।