logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.326K
Shares

पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चार जना महिलासहित १९ जना संक्रमित थपिएको नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार १९ जनामा पर्सागढी नगरपालिकाका १२ जना, वीरगन्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउँपालिकाका एकजना स्थानीय बासिन्दा रहेका छन् ।

जसमा पर्सागढी नगरपालिका– ४ का १२ जना रहेका छन् भने वीरगन्ज– ४ बिर्ता, वीरगन्ज– ५ गहवा, वीरगन्ज– ९ रानीघाट, वीरगन्ज– १५ भिस्वा, वीरगन्ज– १६ नगवा र वीरगन्ज– २६ सुगौलीका एक–एकजना रहेका छन् । यस्तै धोबिनी गाउँपालिका– ३ का एकजना रहेका छन् ।

योसँगै पर्सामा हालसम्म एक हजार नौ सय ९८ जना संक्रमित पुगेको छ ।