भारतसँग सिमाना जोडिएका मोरङको दक्षिण क्षेत्रका ६ वटा पालिकाले थप एक साता लकडाउनको समय बढाएका छन् ।
कोरोना संक्रमणको अति जोखिममा रहेका भारतसँग सिमाना जोडिएका मोरङको दक्षिण क्षेत्रका तीन नगरपालिका र तीन गाउँपालिकाको बुधबार रंगेलीमा बसेको संयुक्त बैठकले थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो ।
बुधबार बिहान कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि रतुवामाई, सुनबर्सी, रंगेली नगरपालिका र कटहरी, जहदा र धनपालथान गाउँपालिकोको संयुक्त बैठक बसेको थियो ।
बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न १७ भदौसम्म लकडाउन थप्ने सहमति भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताए ।
यसअघि दक्षिण क्षेत्रका पालिकाहरूले संयुक्त बैठक गरी तीन हप्ताअघि सबै पालिकाले लकडाउन घोषणा गरेका थिए ।