logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज 


अंकुरण खबर
1.079K
Shares

नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । संक्रमितमध्ये १९ हजार ५०५ जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर ३८६ जना घर फर्किएका छन् ।