logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


अंकुरण खबर
715
Shares

लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

यदि १० दिनमा गरिएको परीक्षणमा पोजेटिभ नै देखिए पनि १४ दिनमा परीक्षण नगरेर अनिवार्य डिस्चार्ज गर्न केन्द्रले निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

साउन २९ गतेको पत्रअनुसार १० दिनमा पोजेटिभ आएको भए पनि १४ दिनमा भने पीसीआर परीक्षण नगरेरै पठाउनुपर्ने निर्देशन दिएको थियो।