logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाई स्थगित


अंकुरण खबर
767
Shares

सर्वोच्च अदालतले बुधबारबाट बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाई स्थगित गरेको छ ।

उपत्यकामा गरिएको निषेधाज्ञाको समयमा आवत जावतमा समस्या भएको कारण बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दा स्थगित गर्नु परेको अदालतले जनाएको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाकै कारण बुधबारको दैनिक पेशीको सुनुवाई समेत स्थगित गरिएको छ।

बुधबार काठमाडौं उपत्यकामा मात्र ३०१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो काठमाडौं उपत्यकामा देखिएको कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्मकै धेरै हो ।