कोरोना संक्रमणबाट ललितपुरस्थित पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण आज बिहान ललितपुरकै ६५ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालले जानकारी दिएको छ ।
उनको शव अहिले नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।