logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.014K
Shares

चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको प्रयोगशालामा गएराति गरिएको परिक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुरको प्रयोगशालामा मात्रै २६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका २५ जना रहेका छन् र संक्रमित मध्ये भरतपुरका १ पुरुष १ महिला गरी २ जना, रत्ननगर नगरपालिकाका १२ पुरुष २ महिला गरी १४ जना, माडी नगरपालिकाका ५ पुरुष ४ महिला गरी ९ जना रहेका छन् ।

संक्रमित मध्ये भरतपुरका विपि कोइराला क्यान्सर अस्पतालका हुन् भने अन्य सवै स्थानीय क्वारेन्टाइनमा रहेको भएको प्रयोगशालाले जनाएको छ । अर्का एकजना संक्रमित तनहुँको देवघाटका पुरुष छन् ।

त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा भरतपुरका १५ र रत्ननगरका ५ जनामा संक्रमण पुष्टि भएको छ । चितवनमा संक्रमितको संख्या ४ सय ९३ पुगेको छ ।