बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ ।
हर्दियानिवासी २३ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । महिला ३३ हप्ताकी गर्भवती थिइन् ।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनाबाट नेपालमा गर्भवती महिलाको मृत्यु भएको यो पहिलो घटना हो ।