लगातार घटेको सुनचाँदीको मूल्य आज (बिहीबार) भने बढेको छ ।
बुधबारको तुलनामा सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपियाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपियाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३४५ रुपियाँ निर्धारण गरिएको छ ।