logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्रोत नखुलेको साढे २८ लाख रुपैयाँ बरामद


अंकुरण खबर
793
Shares

रौतहटको इशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले स्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैंया बरामद गरेको छ ।

इशनाथ नगरपालिका ९ लवतनामा भारततर्फ बाट आउँदै गरेको बि आर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा इशनाथ ९ का २० वर्षीय दिलिप कुमार साहको साथ बाट स्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय रौतहटको पश्चिमी नाका हुदै नेपाल तर्फ ल्याइएको स्रोत नखुलेका लाखौं रकम पटक(पटक प्रहरीले बरामद गरेको छ ।