logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरी र थुनुवासहित इटहरीमा थपिए ९ जना संक्रमित


अंकुरण खबर
676
Shares

इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । ७ भदौमा गरिएको स्वाब संकलनमध्ये ९ जना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेहरू इटहरी-६ का ४६ वर्षीय पुरुष, इटहरी-९ का ५ र ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला, इटहरी-१० का ३७ वर्षीय पुरुष, सशस्त्र प्रहरी वल पकलीमा कार्यरत २८ र ३२ वर्षीय पुरुष,  इलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ वर्षीय थुनुवा छन् ।

योसँगै इटहरीमा हालसम्मको ११० जनामा संक्रमण पुष्‍टि भएको छ ।