logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए २५ जना नयाँ कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका पाँच जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पर्वतका एक पुरुष, बागलुङका पाँच पुरुष र तीन महिला रहेका छन्।

त्यस्तै लमजुङका एक महिला र तीन पुरुष, तनहुँको दुई महिला र सात पुरुष र नवलपरासीको तीन पुरुषमा संक्रमण पुष्टि भएको हो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय ७७ पुगेको छ।