logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कोरोनाबाट बुटवलमा थप एक महिलाको मृत्यु


अंकुरण खबर
1.534K
Shares

रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीय महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकाको वडा नम्बर–२ शंकरनगर निवासी ७० वर्षीय महिलाको निधन भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

उनका श्रीमान पनि संक्रमित भएर सोही अस्पतालमा उपचार गराइरहेका छन् । अस्पतालका अनुसार ति महिलालाई श्रावण २६ गते कोरोना पोजेटिभ देखिएपछि श्रावण ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी दिर्घ रोगी, प्रेसर र थाइराइडले ग्रसित रहेको अस्पतालले जनाएको छ ।