logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण


अंकुरण खबर
1.079K
Shares

नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

यस अघि नै अमलेखगंजका ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त पम्प बन्द भएपछि निगमले पेट्रोलियम पदार्थ वितरण भैरहवाबाट गर्ने व्यवस्था मिलाएको थियो ।