logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अछाममा चट्याङ लागेर सात जना घाइते


अंकुरण खबर
741
Shares

अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् ।

बुधबार साँझ ६ बजेतिर चट्याङ लागेर साँफेबगर नगरपालिका-१३ का सात जना घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

चट्याङ लागेर घाइते भएकामध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी समय समयमा बेहोस हुने भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ३४ वर्षीया भुवनेश्वरी जोशी, १८ वर्षीय तिलकराज जोशी, २१ वर्षीया जयन्ती जोशी र १८ वर्षीया देवश्वरी जोशीको भने हात खुट्टा पोलेको अवस्थामा रहेको बताइएको छ ।

बाब्लाको बाहुन टोलमा बिजुलीको पोलमा चट्याङ् पर्दा स्थानीय चार घरपरिवारका सात जना घाइते भएका हुन् ।