logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिदिम बजार आज राति १२ बजेदेखि एक हप्ताका लागि बन्द हुने


अंकुरण खबर
1.183K
Shares

पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको छ ।

गत मंगलबार तीन प्रहरीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जानकारी दिए ।

कोरोनाको संक्रमण बढ्दै गएकाले अति आवश्यक नपरी हिँड्डुल नगर्न, बजार पसल नखोल्न र गाडी नचलाउन एक हप्ताका लागि नगरपालिकाले अपिल गरेको छ ।