logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

दुई जना प्रहरीसहित पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.079K
Shares

पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चार जना महिलासहित २४ जना संक्रमित थपिएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

उनका अनुसार २४ जनामा कालिकामाइ गाउँपालिकाका पाँच जना, वीरगन्ज महानगरपालिकाका सात जना र सखुवा प्रसौनी गाउँपालिकाका सात जना त्यस्तै नारायणी अस्पताल क्वाटरका तीन जना र सशस्त्र प्रहरी दुई जना रहेका छन ।

यो संगै पर्सामा हालसम्म दुई हजार २२ जना संक्रमित पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।