logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साताको अन्तिम दिन ४ अकंले घट्यो नेप्से


अंकुरण खबर
676
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन आज (बिहिबार) घटेको छ ।

आज नेप्से ४ अंकले घटेर १ हजार ४५८ दशमलव ०४ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १७ लाख ६१ हजार  रुपैयाँको कारोबार भएको छ ।

यो साता लगातार पुनर्बिमा कम्पनीको सेयर सर्वाधिक कारोबार हुँदै आएको छ । लगानीकर्ता बिहिबार पनि नेपाल पुनर्बिमा कम्पनीमा झुमीएका छन् ।

कम्पनीको सेयर बुधबार २३ करोड १२ लाख ९४ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स, शिवम सिमेन्ट, एनआइसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स धेरै कारोबार हुने शिर्ष ५ कम्पनीमा अटाएका छन् ।