logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १,१११ जनामा कोरोना संक्रमण पुष्टि, ५६९ जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

नेपालमा थप १,१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,१११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाटअहिलेसम्म १८३ जनाको मृत्यु भएको छ ।

आज मात्रै कोरोनालाई जितेर ५६९ जना घर फर्किएका छन् ।