काठमाडौं उपत्यकामा आज बिहीबार थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
केही दिनयता उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन् ।