पछिल्लो २४ घण्टामा थप ५६९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा २०,०७३ संक्रमित उपचारपछि निको भएका छन् । त्यस्तै मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन् ।